११ किलो सुन प्रकरण : नौ जनालाई थुनामा पठाइयो, तीन जना धरौटीमा रिहा

नेपालभ्युज

११ किलो सुन प्रकरण : नौ जनालाई थुनामा पठाइयो, तीन जना धरौटीमा रिहा

काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१ बाट बरामद भएको ११ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकामध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । पक्राउ परेका १४ जना मध्ये ९ जनालाई थुनामा पठाउन आदेश भएको हो ।

शुक्रबार जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलास यस्तो आदेश दिएको हो । तीन जनालाई धरौटीमा रिहा गर्नसमेत आदेश भएको छ ।
दावा भन्ने आकार लामा, टासी भन्ने ग्याङ रू, नुर्बु छिरिङ शेर्पा, पेम्बा तामाङ, च्याङ्बा भन्ने चस्मान तामाङ, सनद प्रधान, लाल बहादुर तामाङ, केशर तामाङ र माधवकुमार मगरलाई थुनामा पठाइएको छ ।

सुन प्रकरणमा पक्राउ परेका तिलक विकलाई ८८ लाख, दिपेन्द्रराज शाक्यलाई ९३ लाख ५० हजार र महिमा माझीलाई १ करोड ७९ लाख ४० हजार धरौटीमा रिहा गर्न आदेश भएको हो ।

गएको असोज १० गते दोलखा हुँदै काठमाडौं ल्याउन लागिएको सुन प्रहरीले बरामद भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved