राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक थापाको मृत्यु

नेपालभ्युज

राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक थापाको मृत्यु

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक भीम थापाको मृत्यु भएको छ ।

थापाको शुक्रबार राति हृदयाघातका कारण ७५ वर्षको उमेरमा निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

उनले सन् १९७१ मा जापानमा भएको एसियन च्याम्पियनसिपमा  नेपाली टोलीबाट प्रतिनिधित्व गरेका थिए ।

उनले घरेलु फुटबलमा न्युरोड टिम (एनआरटी), ठमेल र महावीर क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए ।

उनलाई नेपाल खेलकुद पत्रकार मञ्चले २०७० सालमा लाइभ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved