सुनको मूल्य तीन सयले घट्यो

नेपालभ्युज

सुनको मूल्य तीन सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । केही दिन यता लगातार बढेर नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य शुक्रबार भने केही घटेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्यमा भने २० रुपैयाँको वृद्धि भएर प्रतितोला १ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved