शुक्रबार सामान्य घट्यो युरो र पाउण्डको मूल्य

नेपालभ्युज

शुक्रबार सामान्य घट्यो युरो र पाउण्डको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज युरो र पाउण्डको बिक्री दरमा सामान्य गिरावट आएको छ ।

शुक्रबार युरो एकको खरिद दर १४५ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ९५ पैसा रहेको छ । बेलायती पाउण्डको खरिद दर १६८ रुपैयाँ २२ पैसा हुँदा बिक्री दर १६८ रुपैयाँ ९८ पैसा रहेको छ ।

त्यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १४ पैसा र बिक्री दर १३३ रुपैयाँ ७४ पैसा रहेको छ । कतारी रियालको मूल्य ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको विनिमय दर ४३२ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved