काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानको नाममा राष्ट्रिय एकता तोड्ने कुरा आफूहरुलाई मान्य नहुने बताएका छन् ।
‘झुलाघाट–चिवाभञ्ज्याङ्ः समृद्धिका लागि सङ्कल्प यात्रा’ को उद्घाटन गर्दै ओलीले पहिचानको राजनीति भनेको अरु समुदायलाई घृणा गर्नु नभएको तर्कसमेत गरेका छन् ।
उनले भनेका छन्– पहिचानको राजनीति भनेको अरु समुदायलाई घृणा गर्नु होइन । अहिले पहिचानको नाममा जनता भिडाउने काम भएको छ । त्यो गलत हो । पहिचानको नाममा राष्ट्रिय एकता तोड्ने कुरा हामीलाई मान्य हुँदैन ।’
उनले पछिल्लो समय व्यवस्थाविरोधी गतिविधि बढ्नुमा सरकार नै जिम्मेवार रहेको आरोपसमेत लगाए । उनले गणतन्त्रको विरोध गर्ने दुस्साहस नगर्न चुनौती पनि दिएका छन् ।
देशको अर्थस्थिति निरासाजनक रहेको भन्दै ओलीले भने– कर्मचारीलाई तलब खुवाउनसमेत गाह्रो परिरहेको छ । हामीले सबल अवस्थामा छाडेको अर्थतन्त्र अहिलेको सरकारले ध्वस्त बनायो ।
पहाडको अवस्था बुझ्न र पहाडमा विकासको सम्भावनाबारे अध्ययन गर्न पार्टी अहिलेको अभियान चलाएको उनको भनाइ थियो ।
Facebook Comment
Comment