एनएसएल : पोखरा र ललितपुरबीचको खेल गोलरहित बराबरी

नेपालभ्युज

एनएसएल : पोखरा र ललितपुरबीचको खेल गोलरहित बराबरी

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीचको खेल गोलरहित बराबरीमा सकिएकाे छ ।

बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा दुवै टाेलीले केही अवसर बनाए पनि गोल भने गर्न सकेनन् ।

यसअघि पोखराले चितवनलाई र ललितपुरले बुटवल लुम्बिनीलाई हराएको थियो ।  यससँगै दुवै टाेलीको ४/४ अङ्क भएको छ ।

बिहीवार धनगढी एफसी र बुटवल एफसीबीच खेल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved