डाक्टरमाथि कुटपिट घटना : रोकियो सिद्धार्थ अस्पतालका सबै सेवा

सुत्केरीपछि पनि सामान्य स्वास्थ्य अवस्थामा रहेकी महिलाको मङ्गलबार मृत्यु भएको विषयमा उनका आफन्तले कारण जान्न खोज्दा विवाद भएको थियो

नेपालभ्युज

डाक्टरमाथि कुटपिट घटना : रोकियो सिद्धार्थ अस्पतालका सबै सेवा

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल, आम्दाका सबै सेवा रोकिएको छ । सुत्केरी गराउन आएकी गर्भवतीको मृत्यु भएपछि आफन्तहरुले आन्दोलन गरेपछि अहिले अस्पतालको सेवा रोकिएको हो ।

गुल्मीको सत्यवती गाउँपालिका वडा नं ४ ठूलोलुम्पेककी ३२ वर्षीया भवानी रास्कोटीको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्तहरु आन्दोलित भएका थिए । उनीहरुले लापरबाही गरेको भन्दै मेडिकल सुपरिटेण्डेन वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर राजेन्द्र बस्यालमाथि कुटपिट गरेका थिए ।

सुत्केरीपछि पनि सामान्य स्वास्थ्य अवस्थामा रहेकी महिलाको मङ्गलबार मृत्यु भएको विषयमा उनका आफन्तले कारण जान्न खोज्दा विवाद भएको थियो । विवाद सुल्झाउन राति अबेरसम्म वार्ता भइरहेको अवस्थामा मृतकका आफन्त अस्पताल व्यवस्थापनबीच विवाद बढ्दा अस्पतालका मेसु डा बस्यालमाथि हातपात भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए ।

उनले घटनाका बारेमा थप अनुसन्धान भइरहेकोसमेत जानकारी दिए । घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved