रास्वपाको ‘कित्ता क्लियर’, उदार अर्थतन्त्रमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वैचारिक धार प्रष्ट पारेको छ । महोत्तरीको जलेश्वरमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले पार्टीको वैचारिक धार प्रष्ट पारेको हो ।

नेपालभ्युज

रास्वपाको ‘कित्ता क्लियर’, उदार अर्थतन्त्रमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वैचारिक धार प्रष्ट पारेको छ । महोत्तरीको जलेश्वरमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले पार्टीको वैचारिक धार प्रष्ट पारेको हो ।

बैठकमा महामन्त्री मुकुल ढकालले सांगठानिक प्रतिवेदन पेश गर्दै पार्टीको धारबारे प्रष्ट पारेका हुन् । उनले प्रतिवेदनमा रास्वपा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी हुने प्रस्ताव गरेका थिए । उनको प्रस्ताव बैठकबाट पारित भएको छ ।

ढकालको प्रतिवेदनमा ‘पार्टीको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासनमार्फत समन्यायिक समावेशी समाज निर्माण गर्नु’ भएको उल्लेख छ ।

नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्नु नै पार्टीको उद्देश्य हुने प्रतिवेदनको प्रस्तावनामा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved