घाटा भएको भन्दै एनसेलबाट बाहिरियो आजियाटा

नेपालभ्युज

घाटा भएको भन्दै एनसेलबाट बाहिरियो आजियाटा

काठमाडौं । एनसेलबाट मलेसियाको आजियाटा कम्पनी बाहिरिने भएको छ । करिब ८० प्रतिशत सेयर रहेको आजियाटा एनसेलबाट बाहिरिने भएको हो ।

एक विज्ञप्ति जारी गर्दै आजियाटाले एनसेबाट बाहिरिने निर्णय गरेको हो ।

आजियाटाले ७ वर्षअघि टेलिया सोनेरासँग एनसेलको शेयर किनेको थियो । त्यसबेलाको करको विवाद अहिलेसम्म कायमै छ ।

एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले आजियाटालाई १ अर्ब ३० करोड मलेसियन रिंगिट घाटा रहेको विज्ञप्तिमा उल्लेख छ ।

एनसेलको सेयर ७ वर्ष अगाडि आजिएटाले किनेको थियो । आजिएटालाई स्वीडेनको टेलिया सोनेराले सेयर बेचेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved