रुकुम पश्चिमका भूकम्प पीडितले आजदेखि पाउने भए राहत रकम

जाजरकोटमा अझै अनिश्चित

नेपालभ्युज

रुकुम पश्चिमका भूकम्प पीडितले आजदेखि पाउने भए राहत रकम

काठमाडौं । रुकुम पश्चिमका भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम आजदेखि पाउने भएका छन् ।

जिल्ला विपत् व्यवस्थापन समितिले त्रिवेणी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि ६४ घर परिवारका लागि पहिलो किस्तावापतको रकम पठाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पहिलो किस्तामा एक घरपरिवारले २५ हजार रुपैया प्राप्त गर्ने छन् । जाजरकोटमा भने पीडितको लगत संकलनको काम पूरा हुन नसक्दा रकम वितरण अझै अनिश्चित बनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved