आजको मौसम : केही स्थानमा हिमपात हुने

नेपालभ्युज

आजको मौसम : केही स्थानमा हिमपात हुने
सांकेतिक तश्वीर

काठमाडौं । मुलुकभरको तापक्रम निरन्तर घट्ने क्रममा  छ । देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । ती क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा भने आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का भने हिमपातको सम्भावना छ ।

मुलुकभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved