एजेन्सी । विशेषज्ञ डाक्टरका अनुसार केही आयुर्वेदिक चीजहरुको सेवनले रगतलाई सफा गर्न सहयोग गर्दछ । साथमा यसको नियमित सेवनले कयौं रोग टाढा भाग्छन् ।
सोंफ
रगतलाई सफा गर्नका लागि सोंफ खानुहोस् । दैनिक रुपमा सोंफको सेवन गर्नाले रगत डिटक्सिफाइ हुन्छ । साथमा यसले शरीरको फोहोरलाई पनि बाहिर निकाल्ने काम गर्छ । यसका लागि दैनिक खानापछि एक चम्चा सोंफमा मिश्री मिसाएर खान सकिन्छ ।
अदुवा
रगतलाई सफा गर्नका लागि अदुवाको सेवन पनि राम्रो हुन्छ । अदुवाको सेवनले रगत छिटो सफा हुन्छ । साथमा यसको सेवनले ड्यामेज भइसकेको सेल्सहरु पनि रिपेयर हुन्छन् ।
बेसार
बेसारमा पाइने एन्टीबायोटिक गुणले रगतलाई सफा गर्ने काम गर्छ । साथमा बेसारले शरीर सुन्निने समस्यालाई पनि कम गर्छ ।
काँक्रो
काँक्रो खानाले पनि रगतको फोहोर सफा हुन्छ । काँक्रामा पाइने पोटाशियम र भिटामिन सीले रगतको फ्लोलाई तीव्र बनाउँछ । जसले गर्दा रगतमा जम्मा भएको फोहोर बाहिर निस्कन्छ ।
शिमला मिर्च
शिमला मिर्चले रगतको फोहोरलाई मात्र बाहिर निकाल्छ । साथमा यसको नियमित सेवनले पाचन प्रणाली पनि राम्रो हुन्छ ।
Facebook Comment
Comment