रविले लिए प्रसाईंको पक्ष, भने- निषेध गरेर सरकारले गल्ती गरिरहेको छ

नेपालभ्युज

रविले लिए प्रसाईंको पक्ष, भने- निषेध गरेर सरकारले गल्ती गरिरहेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई निषेध गरेर सरकारले गल्ती गरिरहेको टिप्पणी गरेका छन् । लोकतन्त्रमा व्यवस्थाको विरोध गर्न पाइने भन्दै उनले प्रसाईंको पक्ष लिँदै सरकारको विरोध गरेका हुन् ।

शुक्रबार पर्सामा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै लामिछानेले जनताको आवाज बोल्नेहरुको मुख थुनेर सरकारले गल्ती गरेको बताएका हुन् । ‘आवाज उठाउने शैली फरक होला, तर जनताको आवाज बोल्नेलाई सरकारले निषेध गरेर ठीक गरिरहेको छैन’, उनले भने, ‘हामीले आवाज उठाउन ब्यालेटको प्रयोग गर्यौं, सडकमा उठेका आवाजको पनि सम्बोधन हुनुपर्छ ।’

उनले रास्वपा मधेशविरोधी पार्टी नभएको पनि दाबी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved