काठमाडौं। जाजरकोटमा भूकम्प गएको १७ दिन बितिसक्दा पनि प्रभावितहरूको एकीकृत तथ्याङ्क अझै आउन सकेको छैन । नागरिक अगुवा जनक केसीले राहतमा सबैले दाबी गर्न थालेपछि वास्तविक भूकम्पपीडित मर्कामा परेका छन् ।
राहत वितरणमा एकद्वार नीति अपनाइएको छ । ज्यान गुमाएका परिवार, पूरै घर भत्केका र चर्केकाका परिवारको वर्गीकरण नगरी हचुवाका भरमा राहत वितरण गरिएको छ ।
तथ्यांककै अभावमा राहत वितरण र पुनर्निर्माणमा अन्योल देखिएको छ ।
स्थानीय, प्रदेश र संघीय सरकारका निकायबीच आपसी समन्वय नहुँदा राहत वितरणमा जथाभावी भएको छ ।पुनर्निर्माण र पुनर्स्थापनको काममा पनि ढिलाइ भइरहेको छ ।
तीनवटै निकायको फरकफरक तथ्याङ्क हुँदा वडा कार्यालयले आफूखुसी राहत वितरण गरिरहेका छन् ।
एकीकृत तथ्याङ्क नहुँदा राजनीतिक दाउपेचमा राहत वितरण भइरहेको भेरी–१ का दलबहादुर विकले बताए ।
्
Facebook Comment
Comment