जर्मन रक्षामन्त्रीको अघोषित युक्रेन भ्रमण

नेपालभ्युज

जर्मन रक्षामन्त्रीको अघोषित युक्रेन भ्रमण

एजेन्सी  । जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियस रुसी सेनाविरुद्धको लडाइँमा युक्रेनका लागि बर्लिनको समर्थन पुष्टि गर्न मंगलबार अघोषित भ्रमणका क्रममा किएभ पुगेका छन् ।

रेलबाट किएभ पुगेका पिस्टोरियसले आफ्ना युक्रेनी समकक्षीका साथै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुराकानी गर्नेछन्। अमेरिकापछि किएभलाई सबैभन्दा दोस्रो ठूलो सैन्य आपूर्तिकर्ता बर्लिनले मध्यपूर्व युद्धमा ध्यान केन्द्रित भएपछि युक्रेनका लागि समर्थन कम हुने चिन्तासँगै आश्वासन दिने कोसिस गरिरहेको छ ।

युक्रेनमाथि रुसी हवाई हमलामा वृद्धि भएपछि र किएभ आउने चिसोको महिनामा मुलुकको ऊर्जा संयन्त्रहरूमाथि हमलामा अपेक्षित वृद्धिका लागि तयार भइरहेका बेला यो भ्रमण भएको हो । यसै वर्षको सुरुमा रक्षामन्त्री बनेपछि पिस्टोरियसको यो दोस्रो किएभ भ्रमण हो । साथै अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनको अघोषित भ्रमण गरेको एक दिनपछि उनको यो भ्रमण भएको हो ।

राजनीतिक वार्ताका साथै पिस्टोरियसले किएभको मैदान स्क्वायरमा माल्यार्पण समारोहमा भाग लिनेछन् र एउटा सैन्य प्रशिक्षण केन्द्रको भ्रमण गर्नेछन् । प्रारम्भिकरूपमा केही हिचकिचाहटपछि जर्मनीले रुसको आक्रमणका कारण युक्रेनका लागि आफ्नो समर्थन तीव्ररूपमा बढाएको छ र किएभलाई भारी युद्ध ट्याङ्कदेखि लिएर हवाई रक्षा प्रणाली र गोलाबारुदसम्मको हतियारको एउटा विशाल शृङ्खला उपलब्ध गराएको छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved