संसदीय समितिले माग्यो एआईजी ज्ञवालीको जन्ममितिसम्बन्धी कागजात

नेपालभ्युज

संसदीय समितिले माग्यो एआईजी ज्ञवालीको जन्ममितिसम्बन्धी कागजात

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्म मितिसम्बन्धी कागजात मागेको छ ।

उजुरी परेपछि समितिले गृह मन्त्रालयसँग एआईजी ज्ञवालीको जन्म मितिसम्बन्धी कागजात मागेको हो ।

समिति सभापति रामहरि खतिवडाले उजुरीका आधारमा कागजात माग गरिएको बताएका छन् ।

ज्ञवालीले नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्याएर सेवा प्रवेश गरेको दाबी गर्दै उजुरी परेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved