फुटबल स्टार हालाण्डले युरोकप खेल्न नपाउने, नर्वे छनोट चरणबाटै बाहिरियो

नेपालभ्युज

फुटबल स्टार हालाण्डले युरोकप खेल्न नपाउने, नर्वे छनोट चरणबाटै बाहिरियो

काठमाडौँ। विश्व फुटबलमा नयाँ फुटबल स्टार इर्लिंग हालाण्ड २०२४ को युरोकप खेल्न नपाउने अवस्था देखिएको छ । नर्वे युरोकपमा छनाेट हुने सम्भावना सकिएसँगै अब युरोकपमा सुपरस्टार हालाण्डलाई नदेखिने भएको हो ।

नर्वे रहेको समूह ए बाट स्पेन र स्कटल्याण्ड युरोकपमा पहिलो र दोस्रो हुदै छनाेट भइसकेकाले अब नर्वे युरोकपबाट बाहिरिएको हो । नर्वेले अहिलेसम्म ७ खेल खेलेको छ र ३ जित एक बराबरी र ३ खेलमा हार बेहोर्दै १० अंक बटुलेको छ । अब एक खेल स्कटल्याण्डसँग खेल्न बाँकी रहेका अवस्थामा नर्वे युरोकपमा स्थान बनाउन असफल भएको छ ।

योसँगै नर्वेले अर्को महत्वपूर्ण प्रतियोगिता गुमाएको छ । नर्वे गत वर्ष सम्पन्न फिफा विश्वकपमा समेत छनाेट हुन असफल भएको थियो ।

युरोकपमा आयोजक जर्मनीसहित २४ देशले भाग लिँदै छन् । जसमा १० समूहका विजेता र उपविजेता गरि २० देश सिधै छनाेट हुने छन् भने बाँकी ३ देश युइएफए नेसन्स लिगको वरियता अनुसार प्लेअफ खेल्दै युरोकपमा छनाेट हुने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved