महिला टी-२० क्रिकेट : नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य

नेपालभ्युज

महिला टी-२० क्रिकेट : नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य

काठमाडौं। अन्तर्राष्ट्रिय टी-२० महिला क्रिकेटमा नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको छ।

हङकङ क्रिकेट क्लबमा जारी खेलमा नेपालले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा ११५ रन बनाएको हो।

नेपालको लागि पुजा महत्तोले ४३ र रोमा थापाले २२ रन बनाए। पुजाले ५१ बलमा ३ चौका प्रहार गरिन्। काजल श्रेष्ठ ३ र अस्मिना कर्मचार्य २ रनमा अविजित रहिन्। रुबिना क्षेत्रीले २१, कप्तान इन्दु बर्माले १२ र सीता राना मगरले ५ रन बनाइन्।

जापानको लागि एरिका टोगुची क्विन, अहिल्या चन्देल र अयुमी फुजिकावाले १-१ विकेट लिए । यस खेलको विजेताले प्रतियोगितामा तेस्रो स्थान पाउनेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved