जाजरकोटमा चिसोले थप दुई भूकम्पपीडितको मृत्यु, सातामै ७ को मृत्यु

नेपालभ्युज

जाजरकोटमा चिसोले थप दुई भूकम्पपीडितको मृत्यु, सातामै ७ को मृत्यु

जाजरकोट — चिसोका कारण जाजरकोटमा थप दुई जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो ।

मनसरी दमकी दीर्घरोगी भएको र त्रिपालको चिसोले दम बढेपछि उनको ज्यान गएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र थापाले बताए । त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ ।

यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चारजना दीर्घरोगीको ज्यान गएको थियो । एक साताभित्रै चिसोले सात जना वृद्धवृद्धाको ज्यान गइसकेको छ ।

यसअघि भूकम्पपछि त्रिपालमा बस्दै आएका पाँच पीडितको चिसोका कारण मृत्यु भएको थियो । शुक्रबार दुई जना, गत बुधबार एक जना र गत शुक्रबार दुई जनाको चिसोका कारण मृत्यु भएको थियो । मृत्यु हुनेमा वृद्धवृद्धा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved