महिला टी-२० क्रिकेट : नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य

नेपालभ्युज

महिला टी-२० क्रिकेट : नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य

काठमाडौं। अन्तर्राष्ट्रिय टी-२० महिला क्रिकेटमा नेपालले जापानलाई ११४ रनको लक्ष्य दिएको छ । हङकङ क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा ११३ रन बनाएको हो ।

नेपालको लागि रुबिना क्षेत्रीले ३२ बलमा ५ चौका प्रहार गर्दै ३८ रन बनाइन् । काजल श्रेष्ठ १५ र अस्मिना कर्मचार्य १ रनमा अविजित रहिन् ।

कप्तान इन्दु बर्माले २७, पुजा महत्तोले १३ रन र सीता राना मगरले ९ रन जोडिन्। जापानको लागि एलेना कुसुदा नायर्नले २ तथा अयुमी फुजिकावा र मेग ओगावाले १-१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved