महिला टी–२० क्रिकेट : नेपालले दियो हङकङलाई ५७ रनको लक्ष्य

नेपालभ्युज

महिला टी–२० क्रिकेट : नेपालले दियो हङकङलाई ५७ रनको लक्ष्य

काठमाडौं। अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेटमा नेपालले हङकङलाई ५७ रनको लक्ष्य दिएको छ।

हङकङ क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल १८ ओभरमा ५६ रनमा अलआउट भएको हो।

नेपालको लागि रुबिना क्षेत्रीले २५ रनको योगदान गरिन्। रोमा थापा ७ रनमा अविजित रहिन्। ६ खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। कप्तान इन्दु बर्मा, अस्मिना कर्मचार्य र काजल श्रेष्ठ भने डगआउट भए।

हङकङका लागि इक्रा सहरले ह्याट्रिक विकेट लिइन्। सहरले तेस्रो ओभरमा लगातार ३ विकेट लिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved