महिला टी–२० क्रिकेट : नेपाल तान्जानियासँग पराजित

नेपालभ्युज

महिला टी–२० क्रिकेट : नेपाल तान्जानियासँग पराजित

काठमाडौं। अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेट सिरिजमा नेपाल तान्जानियासँग पराजित भएको छ।

हङकङमा बुधबार भएको खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको हो। ११६ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको नेपाल १६.५ ओभरमा ८८ रनमा अलआउट भएको हो।

नेपालको लागि सीता राना मगरले ४३ र कप्तान इन्दु बर्माले १५ रन बनाए। सीताले ३१ बलमा ४ छक्का प्रहार गर्दै ४३ रन बनाए। नेपालको लागि अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्।

तान्जानियाको लागि सोफिया जेरोमले ३ विकेट लिए।

पहिले ब्याटिङ गरेको तान्जानियाले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा ११५ रन बनाएको हो।

तान्जानियाको लागि ऐशा मोहम्मदले २१ र सौम ताईले १६ रन बनाए।

नेपालको लागि संगीता राईले २ तथा पुजा महत्तो, इन्दु बर्मा र रुबिना क्षेत्रीले १-१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved