जाजरकोट भूकम्प : गर्भवती, सुत्केरी र पालमा बसेकाको अवस्था नाजुक

नेपालभ्युज

जाजरकोट भूकम्प : गर्भवती, सुत्केरी र पालमा बसेकाको अवस्था नाजुक

काठमाडौं। जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूमा गर्भवती, सुत्केरी र पालमा बसेकाहरूको स्वास्थ्य अवस्था नाजुक बनिरहेको छ ।

उनीहरूमा झाडापखाला र श्वासप्रश्वासको समस्या देखिएको छ । दूषित खानेपानी र खानपानको कारण भूकम्प प्रभावितहरूको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको हो ।

उनीहरूको स्वास्थ्य उपचार र स्वास्थ्य परामर्शको लागि जाजरकोट पुगेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीको अनुसार गर्भवती, सुत्केरी र पालमा बसेकाहरूको स्वास्थ्य अवस्था नाजुक बनिरहेको छ ।

स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श र सरसफाइ सामग्री बाँड्ने काम भइरहेको छ ।

अमेरिकन नेपाल मेडिकल फाउन्डेसनले प्रतिष्ठानको टोलीमार्फत सरसफाइ सामग्री उपलब्ध गराइरहेको छ ।

राहत, औषधि उपचार पुग्न नसकेको क्षेत्रमा टोली पुगिरहेकोले भूकम्पले थलिएका बिरामीहरू र पीडितहरूको मनमा मलम लगाउन सकिएको टोलीले जनाएको छ ।

प्रभावित क्षेत्रमा जनस्वास्थ्यका कुरामा धेरै नै ख्याल गर्नुपर्ने भएकाले विपद्पछि उत्पन्न हुन सक्ने स्वास्थ्य समस्या र त्यसको समाधानबारे आफूहरूले सचेतना फैलाउनुका साथै जनस्वास्थ्य सम्बन्धी अध्ययन, पीडितको स्वास्थ्य जाँच पनि गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved