काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले यस वर्षको तिहारमा विभिन्न डिजिटल कारोबार मार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्का भएको छ ।
बैंकका डेबिट वा क्रेडिट कार्ड बाहक ग्राहकहरूले नेपालभरका पस मेसिनमा एक हजार वा सो भन्दा बढीको कम्तीमा ३ वटा कारोबारमा ३०० अथवा ५ वटा कारोबारमा ५०० क्यासब्याक पाउनेछन् ।
पस मेसिनमार्फतको कारोबारमा क्यासब्याक पाउने समयावधि कार्तिक २५ गते कागतिहार देखि कार्तिक २९ भाइटीकासम्म रहेको छ । यसै गरी बैंकको मोबाइल बैंकिङ्ग ए्याप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता ग्राहकहरूले कार्तिक २५ गते कागतिहार देखि कार्तिक २९ भाइटीकासम्म बेलुका ५ बजे देखि ८ बजेसम्म क्यूआरमार्फत प्रोमो कोड तिहार लेखी भुक्तानी गर्दा खरिदको १० प्रतिशत वा ३०० सम्म क्यासब्याक पाउनेछन् ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक क्यासब्याक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
Facebook Comment
Comment