प्रधानन्यायाधीश श्रेष्ठ भन्छन्- मिडिया ट्रायलबाट न्यायाधीश डराउनु पर्दैन

‘अब अदालतमा पनि एआईको प्रयोग गर्नुपर्छ’

नेपालभ्युज

प्रधानन्यायाधीश श्रेष्ठ भन्छन्- मिडिया ट्रायलबाट न्यायाधीश डराउनु पर्दैन

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मिडिया ट्रायलबाट न्यायाधीश डराउनु नपर्ने बताएका छन् ।

बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मिडिया ट्रायल अनुसन्धानको क्रमदेखि नै देखिने भन्दै मिडिया ट्रायलसँग न्यायाधीश डराउनु नपर्ने बताएका हुन् ।

आचारसंहीताको विषयमा बारम्बार छलफल भएको बताउँदै अब फेरि नयाँ तरिकाले मिडिया र प्रविधिसँग न्यायपालिकाको सम्बन्धमा नयाँ बहस चलाउनुपर्ने उनको भनाइ थियो ।

प्रधानन्यायाधीश श्रेष्ठले प्रविधिमैत्री न्यायपालिका नभए काम कारबाही धेरै पछि पर्दै जाने पनि बताए । पेशी, तारिखमा अटो मेसन लागू गरेसँगै सर्वोच्च अदालतमा हाइसन्चो भएको भन्दै उनले अदालतमा पनि एआईको प्रयोग हुनुपर्नेमा जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved