मुगुमा एकै परिवारको सामूहिक हत्याका आरोपित १३ दिनपछि पक्राउ

नेपालभ्युज

मुगुमा एकै परिवारको सामूहिक हत्याका आरोपित १३ दिनपछि पक्राउ

काठमाडौं। मुगुमा एकै परिवारको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

घटना बाहिर आएको १३ दिनपछि प्रहरीले चार जनाको हत्या गरेको आरोपमा एक अभियुक्तलाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार मुगु छायानाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही पक्राउ परेका हुन्।

यसमा उनीसँगै अन्य एक जनाको पनि संलग्नता रहेको प्रहरीको अनुमान छ । र यसबारे अनुसन्धान भइरहेको प्रहरी स्रोतको भनाई छ । गोरखबहादुर मृतकका नातेदार पर्छन्।

कात्तिक १० गते बिहान साढे ९ बजे छायानाथ रारा नगरपालिका–६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ५ महिने छोरा रहर मृत अवस्थामा फेला परेका थिए ।

कात्तिक ८ गते राति श्रीदेवीसहित चारै जनाको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। हत्या गरेपछि घरमा ताला लगाएर हत्यारा भागेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved