माओवादी केन्द्रका खेलकुद महासंघ अध्यक्ष बर्तौलामाथि रड प्रहार

नेपालभ्युज

माओवादी केन्द्रका खेलकुद महासंघ अध्यक्ष बर्तौलामाथि रड प्रहार

काठमाडौं। नेकपा माओवादी केन्द्रको अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष समेत रहेका नेता जनक बर्तौलामाथि आक्रमण भएको छ।

अज्ञात व्यक्तिले उनलाई नयाँ वानेश्वरको आईप्लेक्स मल अगाडि आक्रमण गरेका हुन् । पछाडिबाट रड प्रहार भएको बताइएको छ ।

घटनापछि बर्तौलाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य अवस्था सामान्य रहेको काठमाडौं परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमुध ढुङ्गेलले जानकारी दिए ।

बर्तौलाको पछिल्ला दिनमा नेकपा एमालेका नेता महेश बस्नेतसँग सोसल मिडिया वार चलिरहेको थियो । अन्तरवार्ताहरूमा समेत उनी आक्रामक देखिँदै आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved