नेपालको जलविद्युत्‌मा  लगानी गर्न एसियाका बैंकहरूलाई अर्थमन्त्रीको आग्रह

नेपालभ्युज

नेपालको जलविद्युत्‌मा  लगानी गर्न एसियाका बैंकहरूलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एशियन मुलुकका बैंकहरुलाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

बिहीबार काठमाडौंमा भएको ३९औं एशियन बैंकर्स एशोसिएशनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो आग्रह गरेका हुन् ।

उनले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । अर्थमन्त्री महतले अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको बताए ।

सरकारले नीतिगत रुपमा व्यवस्था गरी हरित उर्जालाई प्रोत्साहन गर्ने उनको भनाइ छ ।

उनले भारतले योभन्दा अगाडि १० वर्षमा १० हजार मेगावट जलविद्युत् खरिद गर्ने प्रतिबद्धता जनाएको जानकारी पनि दिए ।

अर्थमन्त्री महतले कोरोना महामारीका कारण विश्व अर्थतन्त्रले ठूलो चुनौती भोगिरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved