एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य आरसी चापागाईंको मृत्यु

नेपालभ्युज

एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य आरसी चापागाईंको मृत्यु

काठमाडौं । नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य आरसी चापागाईंको मृत्यु भएको छ।

लामो समयदेखि मुटु, मिर्गौला, फोक्सो लगायतका रोगहरूबाट ग्रस्त रहेका चापागाईंको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा सोमबार अपराह्न मृत्यु भएको हो ।

चापागाईँको निधनमा नेकपा एमाले अध्यक्ष केपी ओली तथा उपाध्यक्ष विष्णु पौडेलले शोक व्यक्त गरेका छन्।

स्याङ्जाको किचनासमा २००७ साल वैशाख १९ गते जन्मेका चापागाईं विद्यार्थी कालदेखिनै  कम्युनिष्ट राजनीतिमा संलग्न भएका थिए।

उनकी श्रीमती थानकुमारी चापागाईं एमाले लुम्बिनी प्रदेश सदस्य तथा पूर्व सांसद हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved