काठमाडौं । नेकपा माओवादी केन्द्रले जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई ५० लाख रुपैयाँ दिने भएको छ ।
आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले भूकम्प पीडितका लागि राहतस्वरुप तत्काल ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले पार्टीका भौगोलिक र गैरभौगोलिक सबै प्रदेश समितिहरुले कम्तीमा १ लाख रुपैयाँ रकम जम्मा गरी विद् कोषमा पठाउन निर्देशन दिएको छ ।
बैठकले भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धांजलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।
बैठकले मंसिर २२ गतेका लागि तय भएको बृहद् जनपरिचालनको कार्यक्रम पनि स्थगित गरेको छ ।
यसअघि भूकम्पपीडितका लागि नेकपा एमालेले एक करोड र नेपाली कांग्रेसले ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको छ ।
Facebook Comment
Comment