जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५७, २०८ घाइते

नेपालभ्युज

जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५७, २०८ घाइते

काठमाडौं।  जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी शनिबार रातिसम्म कम्तीमा १ सय ५७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । घाइते २ सय ८ जना छन्।

भूकम्पबाट ७ जिल्ला प्रभावित भए पनि मृत्यु हुनेमा जाजरकोट र रुकुम पश्चिमका छन् । सबैभन्दा बढी जनधनको क्षति हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका ११, १२, १३ र १४ वडा तथा सानो भेरी नगरपालिकाका २, ३ र ४ वडा छन् ।

यस्तै जाजरकोटको नलगाड नगरपालिका–१ र भेरी नगरपालिकाका १, ३ र ४ वडामा भूकम्पले बढी क्षति पुर्‍याएको छ ।

भूकम्पको असर दैलेख, जुम्ला, सल्यान, प्यूठान र बैतडीसम्म नै परेको थियो । प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतका अनुसार भूकम्पमा परी शनिबार रातिसम्म जाजरकोटमा १ सय ५ र पश्चिम रुकुममा ५२ जनाको मृत्यु भएको छ ।

जाजरकोटमा १ सय ६ र रुकुम पश्चिममा ८६ जनाभन्दा बढी घाइते भएका छन् । यसबाहेक दैलेख, जुम्ला, प्यूठान र बैतडीमा ३र३ गरी १२, सल्यानमा २, रोल्पा र दाङमा १र१ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले भूकम्पबाट ज्यान गुमाउनेका परिवारलाई राहत, घाइतेको उपचार, विस्थापितलाई अस्थायी र स्थायी आवासलगायतको प्रबन्ध सरकारले गर्ने बताए । यसका लागि ‘विपद्पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड–२०७७’ अनुसार आवश्यक प्रबन्ध मिलाइएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved