भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १ सय ३८ पुग्यो, जाजरकोटमा धेरै क्षति

नेपालभ्युज

भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १ सय ३८ पुग्यो, जाजरकोटमा धेरै क्षति

काठमाडौं। शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३८ पुगेको छ ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पले ठूलो क्षति गरेको छ । जाजरकोटमा १०० र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै जिल्लामा १६६ जना घाइते भएका छन् । रुकुम पश्चिममा ८५ र जाजरकोटमा ८१ जना घाइतेको बिवरण प्रहरीले संकलन गरेको छ ।

घाइतेमध्ये केहीलाई उपचारका लागि नेपालगञ्ज र सुर्खेत ल्याइएको छ । अधिकांशको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उद्दार कार्य अहिले पनि जारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved