भूकम्प लगतै उद्धारमा सेनाका चार हेलिकोप्टर

नेपालभ्युज

भूकम्प लगतै उद्धारमा सेनाका चार हेलिकोप्टर
फाइल तश्वीर

काठमाडौँ । नेपाली सेनाले जाजरकोट भूकम्पका घाइतेहरुको उद्धार र पीडितलाई राहतका लागि चार ओटा हेलिकोप्टरको प्रयोग भएको जनाएको छ ।

सेनाले रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प लगत्तै प्रभावित इलाकामा नेपाली सेनाको खोज तथा उद्धार टोली परिचालन भएको जनाएको छ ।

जाजरकोट र पश्चिम रुकुममा परिचालित फौजले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उध्दार कार्य जारी राखेको सेनाले जनाएको छ ।

परिचालित फौजले मृतकहरुको शव उद्धार गर्नुको साथै घाइतेहरुको उद्धार गरी अस्पताल पठाउने कार्य गरिरहेको पनि सेनाले जनाएको छ ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार काठमाडौँ, सुर्खेत र नेपालगन्जमा डा.अधिकृत र स्वास्थ्य सामाग्री सहितको टोली थप उध्दार कार्यको लागि स्ट्याण्डबाइ राखिएको तथा घाइतेहरुको थप उपचारका लागि सैनिक अस्पताल नेपालगन्ज र वीरेन्द्र अस्पताल छाउनीमा डा. अधिकृतको टोली तयारी हालतमा रहेको छ ।

भूकम्प प्रभावित जिल्लाहरूमा खोज तथा उद्धार कार्य गर्न NA-057 MI हेलिकप्टरबाट काठमाडौँ-चौरजहारी ३ जना डाक्टर सहित १६ जना, NA-016064 स्काइ ट्रक, काठमाडौँ चौरजहारी १६ जना, NA-061 BELL हेलिकप्टरबाट सुर्खेत लामिडाँडा ३ जना, NA-038 MI हेलिकप्टरबाट काठमाडौँ-चौरजहारी २६ जना मेडिकल टिम सहितका फौजहरू परिचालन भएको पनि सेनाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved