प्रधानमन्त्री पुगे जाजरकोट अस्पताल, बुझे घाइतेको अवस्था

नेपालभ्युज

प्रधानमन्त्री पुगे जाजरकोट अस्पताल, बुझे घाइतेको अवस्था

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाजरकोट अस्पताल पुगेका छन् । त्यहाँ पुगेर उनले घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन् ।

जाजरकोट अस्पताल भूकम्प-घाइतेहरूले भरिएको छ ।

शनिवार बिहान भूकम्प प्रभावित क्षेत्र गएका प्रधानमन्त्री प्रचण्ड जाजरकोट अस्पताल पुगेका हुन् ।

गएराति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट १२९ जनाको मृत्यु भएको छ भने १४० भन्दा धेरै घाइते भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved