सुर्खेत पुग्यो सेनाको स्काई ट्रक

नेपालभ्युज

सुर्खेत पुग्यो सेनाको स्काई ट्रक

काठमाडौं । नेपाली सेनाको स्काई ट्रक सुर्खेत पुगेको छ ।

भूकम्प प्रभावितहरूका लागि मेडिकल टिमसहित काठमाडौंबाट रुकुम उडेको नेपाली सेनाको स्काई ट्रक चौरजहारी अवतरण गर्न नसकेर सुर्खेत पुगेको हो ।

नेपालगञ्ज विमानस्थलका निमित्त प्रमुख तेजबहादुर थापाकाअनुसार चौरजहारी विमानस्थलको मौसम नखुलेका कारण ट्रक सुर्खेत पुगेको हो ।

सशस्त्र प्रहरी बलको अस्पतालबाट ८ जना र वीर अस्पतालबाट ६ जना गरेर १४ जना स्वास्थ्यकर्मीको टोलीसहित नेपाली सेनाको स्काई ट्रक चौरजहारी प्रस्थान गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved