भूकम्पपीडितहरूको उद्धार कार्य तीव्र पार्ने कर्णाली प्रदेश सरकारको निर्णय

नेपालभ्युज

भूकम्पपीडितहरूको उद्धार कार्य तीव्र पार्ने कर्णाली प्रदेश सरकारको निर्णय

काठमाडौं । कर्णाली प्रदेश सरकारले भूकम्पपीडितहरूको उद्धार तथा राहत कार्यलाई तीव्र पार्ने निर्णय गरेको छ ।  शनिवार बिहान आकस्मिकरूपमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिए ।

दाङ, नेपालगञ्ज र सुर्खेतबाट राहत सामाग्री लिएर जाजरकोट र रुकुमपश्चिम जाने तयारी भइरहेको उनले बताएका छन् । उनकाअनुसार रुकुमपश्चिमको आठविसकोट नगरपालिकाका गम्भीर घाइतेको हेलिकप्टरमार्फत प्रदेश अस्पतालमा ल्याइँदैछ ।

जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पमा परी १२८ जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved