भारतले दियो श्रीलङ्कालाई ३ सय ५८ रनको लक्ष्य

नेपालभ्युज

भारतले दियो श्रीलङ्कालाई ३ सय ५८ रनको लक्ष्य

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले श्रीलङ्कालाई ३ सय ५८ रनकाे लक्ष्य दिएकाे छ ।

मुम्बईकाे वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५७ रन बनायाे । भारतका शुभमन गिलले ९२, विराट काेहलीले ८८ र शुभमन गिलले ८२ रनको योगदान गरे  ।  यस्तै श्रीलङ्काका बलर दिलशन मदुशनाकाले ५ विकेट लिए ।

भारत ६ खेलमा १२ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ भने  श्रीलङ्का ६  खेलमा ४ अङ्कसहित साताैँ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved