अदालतको आदेशपछि भारतीले जुस पिएर तोडिन् अनशन

सर्वोच्च अदालतले रिगललाई आममाफी दिएको निर्णय बदर गर्न आदेश दिएसँगै भारतीले अनशन तोडेकी हुन् ।

नेपालभ्युज

अदालतको आदेशपछि भारतीले जुस पिएर तोडिन् अनशन

काठमाडौं । भारती मानन्धरले अनशन तोडेकी छिन् । सर्वोच्च अदालतले रिगललाई आममाफी दिएको निर्णय बदर गर्न आदेश दिएसँगै भारतीले अनशन तोडेकी हुन् ।

बिहीबार फैसला सुनेसँगै अदालतमै बेहोस भएकी भारतीलाई वीर अस्पताल लगिएको थियो । उनले वीर अस्पतालमै जुस पिएर अनशन तोडेकी हुन् ।

आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्ने रिगललाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिसअनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

उनी रिगललाई दिइएको आममाफीविरुद्ध अनशन पनि बसिरहेकी थिइन् ।

उक्त रिटउपर फैसला गर्दै अदालतले सरकारको उक्त निर्णय उल्ट्याएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved