मुलुकमा अराजकताले हद नाघ्यो, अब राजतन्त्र फर्काउनुपर्छ : बुद्धिमान तामाङ

नेपालभ्युज

मुलुकमा अराजकताले हद नाघ्यो, अब राजतन्त्र फर्काउनुपर्छ : बुद्धिमान तामाङ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपनेता बुद्धिमान तामाङले मुलुकमा अराजकता र अस्थिरताले हद नाघेको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले पछिल्लो समय सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाधीनतामा आघात पुगिरहेको भन्दै राजतन्त्र फर्काउनुपर्ने तर्क गरेका छन् ।

राप्रपाले मुलुकमा सबै अटाउने एजेण्डा बोकेको उल्लेख गर्दै उनले पूर्ण धार्मिक स्वतन्त्रसहितको धर्मसापेक्ष पहिचानसहितको हिन्दु राष्ट्र र एकताको प्रतीकका रुपमा राजसंस्थासहितको प्रजातन्त्रको पुनःस्थापना हुनुपर्ने बताए ।

उनले सबैको सहमतिमा प्रदेश खारेज गर्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved