काठमाण्डौ। नेपाल जेसीज २०२४ का लागि कर्णाली जेसीजका संस्थापक अध्यक्ष अनिल बहादुर शाहीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
कर्णाली जेसीजका संस्थापक अध्यक्ष शाहीले नेपाल जेसीज सचिवालयमा अध्यक्ष पदका लागि उम्मेदवारी घाेषणा गरेका हुन् ।
युवा जाेश जागरले भरिएका शाही कर्णाली प्रदेशवाट नेतृत्व गर्दै जेसीजमा महत्त्वपूर्ण याेगदान दिँदैआईरहेका छन् ।
शाही २००७ वाट जेसीज यात्रा आरम्भ गर्दै २०१२/२०१३ मा कर्णाली जेसीजकाे संस्थापक अध्यक्ष भईसकेका छन् ।
शाही विगत कर्णालीबाट सक्षम युवाकाे रूपमा उदायका एक पात्र हुन् ।
शाही कर्णाली जेसीजवाट २०१५ मा राष्ट्रिय उपाध्यक्ष,२०१८ मा तालिम आयुक्त,२०२२ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जस्ता पदमा निर्वाचित भईसकेका छन् ।
उम्मेदवारी दर्ता गराए संगै शाहीले समग्र जेसीजकाे रूपान्तर र युवाहरूकाे नेतृत्व र व्यक्तित्व विकासमा नयाँ पन दिँदै देशैभरिका युवाहरूलाई जेसीजका माध्यमवाट सकारात्मक र रचनात्मक दिशा काेर्ने बताए ।
शाही सहित ४ जना अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता भएकाे छ ।
राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा ४ पदका लागि १३ जना र राष्ट्रिय उपाध्यक्ष १२ पदका लागि २२ जनाकाे मनाेनयन दर्ता भएकाे नेपाल जेसीजले जनाएको छ ।
Facebook Comment
Comment