काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्यूजिल्यान्डलाई ३५८ रनको लक्ष्य दिएको छ।
भारतको पुनेमा जारी खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पुरै ओभर खेलेर ४ विकेटको क्षतिमा ३५७ रन बनाएको हो। दक्षिण अफ्रिकाको लागि रसी भान देर डुसेन र क्विन्टन डे ककले शतकीय पारी खेले।
रसीले ११८ बलमा १३३ रन बनाए। क्विन्टनले भने ११६ बलमा ११४ रन बनाए।न्यूजिल्यान्डको लागि टिम साउथीले २ तथा ट्रेन्ट बोल्ट र जेम्स निशमले १–१ विकेट लिए।
जारी विश्वकपमा भने क्विन्टनको यो चौथो शतक हो। क्विन्टन एकै विश्वकपमा ४ शतक प्रहार गर्ने तेस्रो तथा दक्षिण अफ्रिकाको पहिलो खेलाडी हुन्। एकै विश्वकपमा सर्वाधिक शतक हान्ने कीर्तिमान रोहित शर्माको नाममा छ।
सन् २०१९ को विश्वकपमा रोहितले ५ शतक प्रहार गरेका थिए। सन् २०१५ को विश्वकपमा श्रीलंकाका कुमार संगाकाराले ४ शतक प्रहार गरेका थिए।
Facebook Comment
Comment