रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फिर्ता ल्याउने म्यान्मारको पहल, वार्ता टोली बंगलादेशमा

नेपालभ्युज

रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फिर्ता ल्याउने म्यान्मारको पहल, वार्ता टोली बंगलादेशमा

काठमाडौं। रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फिर्ता ल्याउने म्यानमारले पहल थालेको छ । यसको लागि वार्ता टोली बंगलादेशमा पुगेको छ ।

लामो समयदेखि रोकिएको स्वदेश फिर्ता योजनाअन्तर्गत रोहिङ्ग्या शरणार्थीहरूलाई भेट्न म्यानमारका अधिकारीहरू बंगलादेश पुगेका छन् ।

बंगलादेशमा झन्डै दश लाख रोहिङ्ग्या शरणार्थीहरू छन् । उनीहरूमध्ये धेरैजसो सन् २०१७ मा म्यानमारको सेनाको हिंसात्मक कारबाहीपछि भागेका हुन् ।

राज्यविहीन र उत्पीडित अल्पसङ्ख्यक रोहिङ्ग्या शरणार्थी भिडभाड, खतरनाक र कम स्रोतसाधन भएका उद्धार शिविरमा बसेका छन् । उनीहरूको स्वदेश फिर्तीका लागि पछिल्ला थुप्रै प्रयास भए पनि सफल भइरहेको छैन ।

म्यानमारले अप्रिलमा बंगलादेश र चीनबीच त्रिपक्षीय बैठकमा स्वदेश फिर्ता योजनाअन्गर्तत डिसेम्बरसम्ममा तीन हजार शरणार्थीलाई फिर्ता लैजाने योजना बनाएको एएफपीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved