प्रिन्सिपल सर्राफको हत्यामा संलग्न भएको अभियोगमा एक युवतीसहित तीनजना पक्राउ

हत्याको विरोधमा मधेसका निजी विद्यालय बन्द

नेपालभ्युज

प्रिन्सिपल सर्राफको हत्यामा संलग्न भएको अभियोगमा एक युवतीसहित तीनजना पक्राउ
प्रतिकात्मक तस्वीर ।

काठमाडौं । बाराको कलैयास्थित बालएकता माविका प्रिन्सिपल रूपेश सर्राफको हत्या विवाहेत्तर प्रेम सम्बन्धका कारण हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यसपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले अनुसन्धान प्रभावित हुने भन्दै पक्राउ परेकाहरुको परिचय भने खुलाएको छैन । प्रहरीका अनुसार उक्त घटनामा संलग्नताको आरोपमा दुईजना पुरुष र एकजना महिला पक्राउ परेका छन् ।

सर्राफसँग प्रेममा रहेकी एक युवतीले अर्का एक पुरुषसँगको मिलेमतोमा सर्राफको हत्या गराएको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार अर्का एक पुरुषले ती महिलालाई सर्राफसँग सम्बन्ध तोड्न दबाब दिएका थिए ।

पक्राउ परेकी महिलाले अर्का प्रेमीले कि आफूलाई मार्ने कि सर्राफलाई मार्ने धम्की दिएपछि आफूले सर्राफको हत्या गर्न सहयोग गरेको बयान प्रहरीलाई दिएकी छन् ।

हत्याको विरोधमा मधेसका निजी विद्यालय बन्द

सर्राफ हत्याको विरोधमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) मधेश प्रदेशले मंगलबार विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले विज्ञप्ती जारी गरेर सर्राफको हत्याप्रति कडा निन्दा र भर्त्सना गर्दै विद्यालय बन्द गर्ने जनाएका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved