वेस्ट बैंकमा भएको हिंसामा ४ जनाको मृत्यु

नेपालभ्युज

वेस्ट बैंकमा भएको हिंसामा ४ जनाको मृत्यु

काठमाडौं। प्यालेस्टाइनको वेस्ट बैंकमा पनि हिंसा फैलिन थालेको छ । त्यहाँ पछिल्लो पटक ४ जना मारिएका छन्।

बीबीसीकाअनुसार इजरायली सैनिक गाडी र २ बुल्डोजरले जेनिनमा गरेको आक्रमणमा उनीहरु मारिएका हुन् । आक्रमणमा इब सीना अस्पतालको बाहिरी भित्ता भत्काइएको छ। घर तथा जेनिनि शरणार्थी शिविरमा पनि मिसाइल आक्रमण गरिएको थियो।

इजरायली सेनाका प्रवक्ता डेनियल हगारीले जेनिनमा आतंकवादीमाथि आक्रमण गरेको बताए। युद्ध सुरु हुनु अगाडि पनि इजरायलले वेस्ट बैंकमा छापा मार्दै आएको थियो। तथापि, गाजामा जसरी हवाई आक्रमण भने विरैले गरेको थियो।

वेस्ट बैक गाजापट्टीभन्दा छुटिएको भए पनि इजरायलको अधिनमा नभएको केही क्षेत्रमा प्यालेस्टिनी अतिवादी समुह हमासको प्रभाव छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved