गोली प्रहारबाट घाइते प्रिन्सिपल सर्राफको निधन

नेपालभ्युज

गोली प्रहारबाट घाइते प्रिन्सिपल सर्राफको निधन
सांकेतिक तस्वीर

जनकपुरधाम । गोली प्रहारबाट घाइते भएका बाराको कलैया बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल गुड्‍डु भनिने रुपेश सर्राफको निधन भएको छ ।

गोली प्रहारबाट घाइते सर्राफको उपचारको क्रममा निधन भएको हो ।

उनीमाथि सोमबार दिउँसो करिब १ बजेतिर अपरिचित समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

कलैया उपमहानगरको मुख्यबजारको मदर्सा टोलमा उनलाई मोटर साइकलमा आएका दुईजना अपरिचित व्यक्तिले तीन राउण्ड गोली प्रहार गरेर भागेका थिए ।

बारा प्रहरीका अनुसार सर्राफको टाउको र छातीमा गोली लागेको थियो । उनलाई कलैया प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि वीरगञ्जस्थित वयोधा अस्पताल लगिएको थियो ।

३५ वर्षीय सर्राफ कलैया ६ का बासिन्दा हुन् । गोली प्रहार गर्ने समूहको खोजी भइरहेको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved