सुर्खेत । मुगुको मुन्दुगाउँमा तीन सन्तानसहित आमाको हत्यामा संलग्नको नजिकै पुगिसकेको प्रहरीले दाबी गरेको छ ।
गत शुक्रबार मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको धारिलो हतियार प्रयोग गरी घरभित्रै हत्या गरिएको अवस्थाका शव फेला परेको थियो ।
कुकुरसहित खटिएको प्रहरीको अनुसन्धान टोलीले हत्यामा संलग्नको महत्वपूर्ण प्रमाण फेला पारिसकेको जनाएको छ । यद्यपि, अनुसन्धान अझै जारी रहेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापाले बताए ।
‘हामी अहिले शंका लागेकालाई सोधपुछ गर्नेदेखि नियन्त्रणमा लैजानेसम्मका काममा लागेका छौं’, उनले भने, ‘अनुसन्धानको नजरमा परेकाहरुको घटनासँग संलग्न रहेको सत्य, तथ्य र प्रमाणित प्रमाण जुटेपछि मात्रै नियन्त्रणमा लिइ हामी सार्वजनिक गर्नेछौं ।’
उनले अब कुनै हालतमा अपराधी उम्कन नसक्ने पनि बताए ।
Facebook Comment
Comment