आशिषको हत्या गरेको आरोपमा दुई भारतीय पक्राउ

नेपालभ्युज

आशिषको हत्या गरेको आरोपमा दुई भारतीय पक्राउ

जनकपुरधाम । प्रहरीले महोत्तरीमा हत्या गरेको आरोपमा दुईजना भारतीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत बिहारका १९ वर्षीय दिपक मलिक र १८ वर्षीय अमित मलिक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलिपकुमार गिरिले बताए।

उनीहरुले पिपरा गाउँपालिका– ५ हर्दियाटोलका १९ वर्षीय आशिक पासवानको हत्या गरेका हुन् । पासवानको हत्या भएको अवस्थाको शव बिहीबार साझ स्थानीय जगदिश साहको खेतमा फेला परेको थियो ।

दशैंको अवसरमा लागेको दुर्गा मेलामा विवाद हुँदा दुवैजना मिलेर छुरा प्रहार गरी आशिषको हत्या गरेको डीएसपी गिरीले जानकारी दिए ।

घटनाको सन्दर्भमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved