भारतीय राजदूत श्रीवास्तवले गरे नेपाली क्रिकेट टीमलाई खेल सामग्री सहयोग

नेपालभ्युज

भारतीय राजदूत श्रीवास्तवले गरे नेपाली क्रिकेट टीमलाई खेल सामग्री सहयोग

काठमाडौं। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल क्रिकेट टीमलाई क्रिकेट खेल सामग्री सहयोग गरेका छन् ।

नेपाली टोलीका कप्तान रोहित पौडेललाई राजदूत श्रीवास्तवले व्यावसायिक क्रिकेट सामग्री हस्तान्तरण गरेका हुन् ।

सामग्री हस्तान्तरण गर्दै राजदूत श्रीवास्तवले यसले नेपाल र भारतबीचको बलियो जनता–जनता सम्बन्धमा नयाँ स्ट्र्यान्ड थप्ने विश्वास व्यत्त गरे ।

राजदूत श्रीवास्तव खेल क्षेत्रमा निकै रुचि राख्छन् । उनले आउँदा दिनमा पनि नेपाली खेल क्षेत्रमा भारतको तर्फबाट सक्दो सहयोग हुने प्रतिवद्धता जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved