अष्ट्रेलियाले दियो नेदरल्यान्ड्सलाई ४०० रनको लक्ष्य, वार्नर र म्याक्सवेलको शतक

नेपालभ्युज

अष्ट्रेलियाले दियो नेदरल्यान्ड्सलाई ४०० रनको लक्ष्य, वार्नर र म्याक्सवेलको शतक

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले नेदरल्यान्ड्सलाई ४०० रनको लक्ष्य दिएको छ।

भारतको दिल्लीमा जारी खेलमा अष्ट्रेलियाले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा ३९९ रन बनाएको हो। अष्ट्रेलियाको लागि डेविड वार्नर र ग्लेन म्याक्सवेलले शतकीय पारी खेले।

वार्नरले ९३ बलमा १०४ रन बनाए। उनले ११ चौका र ३ छक्का प्रहार गरे।

विष्फोटक ब्याटिङ गरेका म्याक्सवेलले ४४ बलमा ९ चौका र ८ छक्का प्रहार गर्दै १०६ रन बनाए। नेदरल्यान्ड्सको लागि भने लोगान भ्यान बेकले ४ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved