लगातार तेस्रो जितसँगै नेपाल त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा

यस जितसँगै नेपाल फाइनलमा पुगेको छ।

नेपालभ्युज

लगातार तेस्रो जितसँगै नेपाल त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा

काठमाडौं। त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले हङकङलाई पराजित गरेको छ। यो जितसँगै ६ अंक जोडेको नेपाल फाइनलमा पुगेको छ।

मुलपानी क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गरेको हो।

२१५ रनको लक्ष्य पछ्याएको हङकङलाई १३४ रनमा रोक्दै नेपालले प्रभावशाली जित हात पारेको हो ।

हङकङले पुरै ओभर खेलेर ८ विकेट क्षतिमा १३४ रन मात्रै बनाउँन सक्यो । अन्शी रथले ४५ र ऐजाज खानले २५ रन बनाए।

नेपालका करण करण केसी, सोमपाल कामी र ललित राजवंशीले २–२ तथा प्रतिस जिसी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर ६ विकेट क्षतिमा २१३ रन बनाएको थियो। ८.१ ओभरमा ४ विकेट गुमाएको नेपालको इनिङ्स कुशल मल्ला र कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको विष्फोटक ब्याटिङसँगै उकासिएको थियो ।

कुशल र दीपेन्द्रले १४५ रनको साझेदारी गरे। अन्तर्राष्ट्रिय टी–२० मा पाँचौँ विकेटको लागि गरिएको यो सबैभन्दा ठुलो साझेदारी हो।

कुशलले ४१ बलमा ३ चौका र ९ छक्का प्रहार गर्दै ९२ रन बनाए । ऐरीले ३४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५७ रन बनाए।

ओपनर आसिफ शेखले २०, कप्तान रोहित कुमार पौडेलले ११, सोमपाल कामीले ८ र कुशल भुर्तेलले २ रन बनाए।

हङकङका हर्शून अर्शद र रमोहम्मद घजनफरले २–२ विकेट लिए। नेपालले पहिलो खेलमा यूएई र दोस्रोमा हङकङलाई पराजित गरेको थियो। अब सोमबार हुने खेलमा नेपाल र यूएई आमने सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved